
२३ भाद्र २०७६, भक्तपुर । भक्तपुर । मध्यपुरथिमी शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयले अभिभावक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मनोविद् कमल सिलवालले २१ औं शताब्दीका बालबालिकालाई गुणस्तरीय शिक्षामा अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्नेमा अभिभावकहरुलाई जनचेतना प्रदान गर्नुभएको थियो। उहाँले सबै बालबालिकाको क्षमता फरक हुने भएकाले उनीहरुलाई कहिलै पनि अरु बच्चासँग तुलना नगर्न आग्रह गर्नुभयो। आफ्नो सन्तानलाई अनुशासित बनाउन आफू पहिले अनुशासित हुनुपर्ने उहाँले बताउनुभयो। विद्यार्थीहरुलाई समय सापेक्ष वातावरण निर्माण गर्न, उनीहरुको पढाई, रहनसहन, आनिबानी आदिमा थप जागरुक बनाउनका लागि कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यपाक गणेशबाबु पोखरेल बताउनुभयो।