हामीसँग जोडिनुहोस

भक्तपुरका एकै किसान परिवारका ४ जनालाई नेपाल विद्या भूषण

1 मिनेट
PIC: Facebook

२३ भाद्र २०७६, जमिन राई । भक्तपुरका कमिचा गल्लिका एकै किसान परिवारका ४ जना नेपाल विद्या भूषण द्वारा विभूषित भएका छन् । नारायण कोजू र कमलकेसरी कोजूका सन्तानहरु दुई छोरा १ छोरी र १ बुहारीले विद्यावारीधी पश्चात नेपाल बिद्या भूषण पाउनुभएको हो ।
दाई नारायण प्रसाद कोजूले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेज चीनबाट जुलोजी विषय , भाई रोषण कोजूले त्रिभुवन विश्वविद्यालयबाट इलोट्रोनिक्स तथा कम्प्युटर इन्जिनिएरिङ, बहिनी लिल कमल कोजुले चाइनिज एकेडेमी अफ साइन्स, चीनबाट इन्भायरोमेन्टल साइन्स विषयमा पि.एच.डि र नारायण कोजूकी पत्नी लीला न्याइच्याइले युनान युनिभर्सिटी, चीनबाट इन्टरनेशनल रिलेसन्स विषयमा पिएचडि गर्नुभएको हो ।
४० औँ शिक्षा दिवसका अबसरमा आइतबार राट्रपतिबाट नेपाल विद्या भूषण ग्रहण गर्नुभएको हो ।
किसान परिवारमा जन्मिएका दाई नारायण प्रसादले कठिन प्रयासका कारण परिवारका श्रीमती र भाईबहिनीले यो सम्मान प्रप्त गर्न सफल भएको जनाउनुभयो । बहिनी लिल कमल कोजूका अनुसार बुबाआमाहरुले आफ्नो शिक्षाको लागि लगाबका साथ सहयोग गर्नुभएको जानकारी दिनुभयो । सन्तानको प्रगतिमा बुबाआमा पनि भाग्यमनी रहेको बताउनुभयो । नारायण कोजू नेपाल इन्जिनियरिङ कलेज, रोशन कोजू नेपाल टेलिकम, निल कमल कोजू नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान (नास्ट) , लिला न्याइच्याइ त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा कार्यरत हुनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।