हामीसँग जोडिनुहोस

केकीलाई राम्रा निर्देशकसँग काम गर्ने लोभ

1 मिनेट

२४ भाद्र २०७६ । नायिका केकी अधिकारीलाई विशेषगरि, अनुहारको हाउभाउ उत्कृष्ट रुपमा पर्दामा देखाउन सक्ने नायिकाको रुपमा चिनिन्छ । केकी अधिकारीले ‘स्वर’ चलचित्रबाट यो क्षेत्रमा पाइला राखेकी हुन् । तर, केकीलाई बक्स अफिस सफलता भने अहिलेसम्म मिलेको छैन ।
तर, पनि केकीको हातमा चलचित्रको अभाव भने छैन । उनले, एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । तर, नयाँ नायिकाहरुको बढ्दो क्रेज र आगमनसँगै केकी लगायत केही नायिकाहरुको करिअर कमजोर बन्दै गएको टिप्पणी पनि गर्न थालिएको छ ।
यसैले, पनि होला केकीलाई अहिले राम्रा निर्देशकसँग काम गर्ने लोभ पलाउन थालेको छ । केही दिन अगाडि चलचित्र ‘मारुनी’को विशेष शोमा पुगेकी केकीले निर्देशक नवल नेपालसँग गुनासो गरिन् । आफू यो चलचित्रमा किन आवद्ध हुन सकिनँ भन्दै केकीले निर्देशकसँग गुनासो गरिन् । नवलसँग केकीले चलचित्र ‘भाग सानी भाग र महशुश’मा काम गरेकी थिइन् । केकीले घुमाउरो शैलीमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्वाहा गरेको भूमिका आफूले गर्न चाहेको खुलाइन् ।
उनै, केकीले आइतबार आयोजना भएको चलचित्र ‘सेल्फी किङ्ग’को घोषणा सभामा निर्देशक तथा निर्माता दिनेश राउतसँग यही गुनासो गरिन् । केकीले दिनेशको निर्देशनमा बनेको चलचित्र ‘आई एम सरी’मा मुख्य नायिकाको रुपमा काम गरेकी थिइन् । यसपछि, भने केकीसँग दिनेशले चलचित्रमा सहकार्य गरेका छैनन् । जबकी, दिनेश अहिले राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकको रुपमा परिचित छन् । उनै केकीले भनिन्–‘चलचित्र क्षेत्रमा दिनेश दाई र म एकसाथ अगाडि बढेका हौं । पछिल्लो समय दाइका चलचित्र हेर्दा मलाई पनि लोभ लाग्दै गएको थियो । कतै, मैले ‘आई एम सरी’मा न्याय गर्न नसकेर मलाई उहाँले नदोहोर्याउनुभएको हो कि भन्ने पनि लाग्यो ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।