नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आयोजना र जिल्ला समन्वय समिति भक्तपुर,सुर्यबिनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको सहयोगमा संचालित एक अन्तरकृया कार्यक्रममा सरोकारवालाले संघीयताको प्रबलीकरण,दिगो विकास र संचार बिषयक अन्तरकृया कार्यक्रममा संघीयताको प्रबलीकरण र दिगो विकासमा संचारको भूमिका महत्वपुर्ण रहेको कुरा सरोकारवालाहरुले बताएका छन् ।
शुक्रबार र शनिबार दुई दिन धुलिखेलमा आवासीय रुपमा संचालित संघीयताको प्रबलीकरण ,दिगो विकास र संचार बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले पत्रकार पनि संघीयताको अंशियार रहेको बताए ।अहिले नै संघीयताको आलोचना गर्ने बेला नभएको भन्दै उनले हाम्रो देशमा ५० प्रतिशत संघीयता सफल भैसकेको बताए ।
नेपाल पत्रकार महासंघले राष्ट्रिय समृद्धिको लागि संचार ,ब्यबसायीक,सुरक्षित र स्वतन्त्र पत्रकार भन्ने नारा अघि सारेको बताउँदै संघीयताको प्रबलीकरण र दिगो विकासमा संचारको भूमिका महत्वपुर्ण रहेको बताए ।प्रेस जगत नागरिक अधिकार र राष्ट्रिय हित बिपरीत जान नसक्ने भन्दै बिकासका लागि पत्रकारले साझेदारी र खबरदारीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आचार्यले महासंघले मिडिया काउन्सिलका विषयमा सरोकारवालासँग पत्रकारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन अन्त्य नभइ तत्कालका लागि स्थगन भएको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एबं बरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारले आफ्नो धर्म र मर्ममा रहेर तीनै तहका सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिंदै पत्रकारले समाचार सम्प्रेषण गर्दा प्रभाव र दबाब भन्दा माथि उठ्न सक्नुपर्ने बताए । दाहालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहलाई सूचनामैत्री बनाउँदै जानुपर्नेमा बताए । अब स्थानीय सरकारले पनि संचारको नियमन गर्न सक्ने अधिकार पाएको भन्दै उनले उनीहरुले संचारको क्षेत्रको बिकास गर्नका लागि संचार र बिज्ञापन ब्यबस्थापन नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले संघीयता, दिगो विकास र संचारको मुल लक्ष्य नागरिक सेवामा केन्द्रीत हुनुपर्ने औंल्याए । गेलालले जनप्रतिधिले भूलबहस बाहेक सधै राम्रा कामका लागि मात्र प्रेरित रहेर काम गरेको भन्दै त्यस्ता समाचार बाहिर आउनुपर्ने बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले अहिले जनप्रतिनिधिले के गल्ती गर्छन भन्ने मात्र खोजी गर्ने प्रबृत्ति बढेको सन्दर्भमा संचारक्षेत्रले भने राम्रा र नराम्रा दुबै पक्ष औल्याएको बताए । उनले नागरिकलाई सुसुचित पार्ने सन्दर्भमा सन्तुलित ,निष्पक्ष र सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै सुशासनलाई प्रत्याभूति गर्न संचार क्षेत्रको सकृय सहभागिता अपरीहार्य रहेको बताए । मिश्रले आफूहरुले दिनरात सेवाग्राही स्थानीय तहको विकासका लागि काम गरिरहेको तर त्यस्ता कामका बारेमा अझै समाचाको रुपमा बाहिर आउन नसकेको बताए ।पत्रकारको नजर सधै नकारात्मक हुँदा पाठकको बुझाइ पनि जनप्रतिधिप्रति नकारात्मक बन्दै गएकोमा चिन्ता प्रकट गर्दै उनले राम्रा कुराको पनि समाचार बन्नुपर्ने बताए ।
सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले खुला ,पारदर्शी र उत्तरदायी स्थानीय सरकार बन्न निरन्तर लागि परेको बताए ।पुर्व प्रशासक बसन्तराज गौतमले हरेक तहका सरकारले आप्mना काम डिजीटल प्रविधि मार्फत सकेसम्म छिटो अद्याबधि गर्नुपर्नेमा जोड दिंदै सरकारले काम गर्दा कार्यपालिकाको भन्दा बढि अधिकारको प्रयोग ब्यबस्थापकीय रुपमा गर्नुपर्नेमा जोड दिए । गौतमले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहमा भएका राम्रा र नराम्रा दुबै प्रकृतिको समाचार बाहिर आउनुपर्ने जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, बिकास पत्रकार मंचका अध्यक्ष गोपीकृष्ण ढुंगाना,नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सीना, आयोजक संस्था पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी ,उपाध्यक्ष कविता थापा,सचिब कृष्ण नेपाल लगायतले स्थानीय मिडिया र मिडियाकर्मीको बिकास र संरक्षणमा स्थानीय सरकारले महत्व दिनुपर्ने बताए ।सो अवसरमा पत्रकार नगेन्द्र सापकोटा,जीवन ढुंगाना,हरिबहादुर श्रेष्ठ लगायतले संचार क्षेत्रको सहयोगबिना संघीयताको प्रबलीकरण र दिगो विकास सहज नभएको भन्दै पत्रकारले यथार्थ समाचार बाहिर ल्याउनुपर्ने बताए ।