
३१ भाद्र २०७६,भक्तपुर | कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट २०७४ साल फागुन २९ गते फैसला भई दुई बर्ष कैद सजाय तोकिई फरार रहेका फरार अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ ।
पक्राऊ पर्नेमा भक्तपुर नगरपालिका १४ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने २० वर्षीय किशोर दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिनुभयो ।
पक्राऊ परेका दुवाललाई आजै प्रहरीले डिल्लीबजार कारागार चलान गरेको उहाँले जानकारी दिनुभयो ।