हामीसँग जोडिनुहोस

लेखापढी तथा घरजग्गा व्यवसायमा अनुगमन आजपनि जारी

1 मिनेट

३१ भाद्र २०७६ । भक्तपुर नगरपालिका भित्र संचालित लेखापढी तथा घरजग्गा व्यबसाय दर्ता नभई संचालनमा रहेको पाईएको छ ।
आज नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा यहाँ संचालित १४ वटा लेखापढी व्यवसाय तथा घरजग्गा कारोबार व्यवसायीहरुको अनुगमनमा अधिकांशले नगरपालिकामा दर्ता नगरी व्यवसाय संचालन गरेको पाईएपछि नगरपालिकाले तीनदिन भित्र दर्ता गर्न निर्देशन दिएको छ ।
अनुमगमनमा खोताड्ड सुनसरी लेखापढी, बिन्ध्यबासिनी लेखापढी, अमु कानुनी सेवा भक्तपुर नगरपालिकामा दर्ता नगरकोले तीन दिन भित्र दर्ता गर्न एवं सेवा शुल्कको सूचि राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढी लगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै भिमसेन लेखापढी एउटा मात्र दर्ता गरेको भेटिएको र त्यसमा पनि सेवा शुल्कको सूचि राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढी लगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको छ ।
सिन्धु कानुनी सेवा तथा लेखापढी केन्द्र, मन्थली लेखापढी, कामख्या लेखापढी तथा कानुनी सेवा, फ्रेण्डस कानुनी सेवा, जय बाराही लेखापढी, सुन्दर पुरीको ल फर्म, मनकामना लेखापढी, सहयात्री लेखापढी कानुनी सेवा, जय पाथीभरा देवी कानुनी सेवा तथा लेखापढी सेन्टर, सुजन कार्कीको लेखापढी, होमनाथ अधिकारीको लेखापढी, र सुगन राजन मगरको भोजनालयमा अनुगमन गरी १० वटालाई अनुगमन कै क्रममा दर्ता गराएको प्रजापतिले जानकारी दिनुभयो ।
समितिले हिजो पनि मालपोत आसपास संचालित १४ वटा फर्ममा अनुगमन गरि १३ वटालाई तीन दिन भित्र दर्ता गर्न निर्देशन दिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।