
१ असोज २०७६ । नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ ।
फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ । अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ ।
फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले सडकको ट्र्याक खोल्ने काम तीव्रगतिमा चलिरहेको छ । पूर्वपश्चिम राजमार्गको डण्डादेखि करीब २० किलोमिटर र हुप्सेकोट गाउँपालिकाको झ्यालबासदेखि १४.५ किलोमिटरको दूरीमा रहेको फलाम खानीको हालसम्म छ किलोमिटर बाटोको ट्र्याक खोल्ने काम सकिएको छ । गत वर्ष विनियोजन गरिएको करीब पाँच करोड रुपैयाँ बजेटले छ किलोमिटर बाटो ट्र्याक खोल्ने काम सकिएको छ ।

Related

अन्य समाचार
भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ
गोकर्णेश्वरमा बैशाख २४ गतेदेखि सुरु हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, सम्पूर्ण तयारी पुरा
आन्तरिक राजस्व कार्यालयले दिदै आएको प्यान, भ्याटलगायतका सेवा अब सूर्यविनायक नगरपालिकाबाट सुरु हुन्छ : नगर प्रमुख वासुदेव थापा






