
१ असोज २०७६ । अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। मालारानी(९ गोखुङ्गाका नारायण पुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
३१ वर्षीय पुनको सन्धिखर्क हललाइनमा केबलको लाइन मर्मत गर्ने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेको र उपचारका लागि जिल्ला अस्पतालमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाई छ ।