
६ असोज २०७६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरु कांग्रेस र हिजोका निरंकुशतावादीजस्तै हुँदै गएका बताउनुभएको छ ।
सहाना प्रधानको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट कार्यकर्ताहरु आफ्ना आदर्श, विचार र निष्ठाबाट स्खलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
पञ्चायतकालमा जस्तै पद र प्रतिष्ठाको निम्ति, त्यसलाई बचाउनको निम्ति जे गर्थे अहिले कम्युनिस्ट कार्यकर्ताहरु पनि त्यस्तै गर्ने भएकाले मानिसहरुलाई भेद छुट्याउन गाह्रो भएको बताउनुभयो ।