
६ असोज २०७६ । सप्तहरीमा गएराती करिब ८ बजेको समयमा एक अज्ञात समूहले २५ वर्षिय युवा माथी गोलि प्रहार गरेको छ । अज्ञात समूहको गोली प्रहारबाट डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवती मण्डल घाईते भएका हुन् ।
राजविराजबाट आफ्नो घर जाने क्रममा उनीमाथी गोली प्रहार गरिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् । हाल उनको उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ ।
घाइते मण्डलकोे बायाँ पाखुरामा गोली लागेको छ भने उनलाई गोली प्रहार गर्ने अज्ञात समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।