
केटा र केटीबीच भेदभाव हुँदोरहेछ भनेर काठमाण्डू, वसन्तपुरमा जीवित देवी कुमारी रहेकी प्रीति शाक्यलाई साधारण जीवनमा फर्केपछि मात्रै थाहा भयो।
उनी भन्छिन्: “एकदमै दु:ख लाग्यो।”
शाक्य चार वर्षको उमेरमा कुमारी चुनिइन् र ११ वर्षको उमेरमा आफ्नो घर फर्किइन्।
अहिले २२ वर्षकी उनलाई ‘मानिसको जीवन’ बानी परिसकेको छ।
आठ दिनसम्म चल्ने इन्द्रजात्राका बेला कुमारीलाई रथमा राखेर काठमाण्डूका पुराना बस्तीहरूमा तीन दिन परिक्रमा गराइन्छ।
बिबिसी