कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् । एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको छ भने अर्कोतर्फ गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छगृह मन्त्रालयद्वारा गठित मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए ।
अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृहको छानविन प्रतिवेदन एकातिर छ, सरकार र प्रहरीको ध्यान अर्कै्तिर मोडिएको छ । गृह मन्त्रालयबाट गठित मैनाली समितिको प्रतिवेदनले निर्मला पन्तको बलात्कार एक जना व्यक्तिबाट सम्भावना कम देखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निश्कर्ष निकालेको थियो ।