हामीसँग जोडिनुहोस

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

0 मिनेट

अज्ञात समूहले डोटी जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो ।
आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए । अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।