हामीसँग जोडिनुहोस

फर्निचर पसलमा चोरी गर्ने पक्राउ

1 मिनेट

१० असोज २०७६।  फर्निचर पसलमा चोरी गर्दै गरेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार सितामढी बस्ने मोहमद ईलयास, भारत बर्गि्िनया बस्ने ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका १ रमौली बैरिया बस्ने गगन पटेल र रौतहट गौर नगरपालिका ४ बस्ने विनोद प्रसाद सिंह रहेका छन् । जनकपुर उपमहानगरपालिका २ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्नि्िसङ नामको फर्निचर पसलमा चोरी गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित उनीहरुलाई ९ असोजको बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसको गोली दुई राउण्ड, ताल्चा काट्ने कटर एक थान, सात सय रुपैयाँ नगद, ठुलो पेचकस एक थान, काटेको अवस्थामा रहेको पसलमा लगाउने ताल्चा दुई थान, उनीहरुले प्रयोग गरेको चप्पल एक थान र मोबाइल एक थान प्रहरीले बरामद गरेको छ ।
उक्त फर्निचर पसलको सटरको ताल्चा काटी भित्र प्रवेश गरी नगद पैसा राख्ने सेफ समेत फुटाई चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले देखी नियन्त्रणमा लिने क्रममा उनीहरुले कटुवा पेस्तोल झिकी भाग्न खोजेका थिए । प्रहरीले एक राउण्ड हवाई फायर गर्दा समेत नरोकिए पछि गोली फायर गर्दा गोली लागेर विनोद प्रसाद सिंह घाइते भएका थिए । घाइते विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।