हामीसँग जोडिनुहोस

खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान

1 मिनेट

१५ असोज २७६, भक्तपुर ।  सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुर स्थित मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान-२०७६ प्रदान गरिएको छ । शनिबार राजधानीको रसियन कल्चर सेन्टरमा गरिएको एक कार्यक्रम बीच खड्कालाई निरन्तर १५ वर्ष देखि शिक्षा क्षेत्रमा लागेर युवा अवस्थामा नै शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गराउन र देशको शैक्षिक स्तरलाई सुदृढ पार्न गरेको सेवाको कदर गर्दै नागरिक एकता समाजले सम्मान प्रदान गरेको हो ! पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेवाङ ज्यूबाट सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो ! वरिष्ठ मृगौला विशेषज्ञ डा.ऋषिकुमार काफ्ले, नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक रविन्द्र महासेठ, वरिष्ठ गायिका कुन्ती मोक्तान, नागरिक दैनिककी वरिष्ठ संवाददाता रुवा रौनियार लगाएतलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले विभिन्न क्षेत्रमा उल्येख्य योगदान पुराउनु हुने विशिष्ट व्यक्तित्वहरुलाई विधागत रुपमा सम्मान गरिएको बताए ! साथै वडा दशैँ २०७६ को शुभ अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा चर्चित कलाकारहरुद्वारा विशेष सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो !

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।