
१७ असोज २०७६ ।
चाँगुनारायण नगरपालिका वडा न.८ सुडालस्थित आरक्षण नेशनल एकेडेमी डोजोले कराते खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गरेको छ । आरक्षण नेशनल एकेडेमी डोजोले कराते खेलमा पदक विजेता ९ खेलाडीलाई बुधवार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
आयोजकले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार वर्ष भरि उत्कृष्ट प्रदर्शन गर्दै मेडल प्राप्त गरेका खेलाडीहरु बुधवार सम्मानित भएका हुन् । सम्मानित हुने खेलाडीहरुमा गोल्ड मेडल ल्याउने सन्देश खत्री, आभाष सुकमनी र आभा सुकमनी , रजत पदक ल्याउने बर्षा खत्री, निरज खत्री र प्रतिमा राई यस्तै कास्य पदक ल्याउने खेलाडीहरुमा अनिसा गाईजु, जेनिता अधिकार, निरुता मानन्धर रहेका छन् ।
उक्त अवसरमा प्रशिक्षक गणेश सुकमनीलाई महेन्द्र ग्राममा डोजो अनुमति पत्र समेत प्रदान गरिएको थियो । त्यसैगरी उक्त कार्यक्रममा दोस्रो जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न गरिएको थियो । ग्रेडिङमा २९ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकको भनाइ छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा न. ८ का वडा सदस्य नरेन्द्र वहादुर श्रेष्ठले खेल विकासमा जस्तो पनि सहयोग गर्न तयार भएको बताए । उनले नयाँ नगरपालिका भएका कारण आफूहरुलाई के गर्दा खेलको विकासमा सहयोग हुन्छ भनी पत्तो नहुँदा यसमा ध्यान दिन नसकेको बताउनुभयो
यस्तै कार्यक्रममा रामशरण त्वातीले एकल खेलको विकास गर्न सके मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जित्न सकिने बिचार व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आरक्षण नेशनल स्कूलका अनुज बुढाथोकीले स्वातग मन्तब्य व्यक्त गरेका थिए भने सुनिता मोक्तानले कार्यक्रम संचालन गरेकी थिइन । सो कार्यक्रममा रेफ्रि विजय एण्डो, पृथ्वी बासुकला, सञ्जय लामा लगायतको उपस्थिती रहेको थियो ।