हामीसँग जोडिनुहोस

नेमकिपाले करोडौ भ्रस्टचार गरेको,नेमकिपाका नारायणमान बिजुक्छे बाहेका सबै नेता जेल जान्छन: सांसद बस्नेत

1 मिनेट

१७ असोज २०७६ ।

नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटको आयोजनामा भएको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४०, छठ पर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा करोडौ भ्रस्टचार गरेको आरोप लागाउनुभएको छ । चाँगुनारायण नगरपालिकामा सम्पदा वस्ती संरक्षण भनेर डेढ अर्व र भक्तपुर नगरपालिकामा डेढ अर्वभन्दा बढी रकम वर्तमान सरकारले उपलब्ध गराएको समेत सांसद बस्नेतले जानकारी दिनुभयो ।

५ लाखसम्मका साना योजना बनाएर कार्यक्रता पोस्ने काममा नेमकिपाका नेताहरु सक्रिए भएको उहाँले बताउनुभयै । हेरक वर्ष सडकमा इटा राख्ने काममात्र गरेर भक्तपुर नगरका जनताबाट उठाएको करको सदुपयोग गर्नु भन्दा नेमकिपाका नेताहरु कार्यक्रर्ता संरक्षणमा लागेको आरोप सांसद बस्नेतको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो यदि अख्तियारमा उजुरीदिने हो भने नेमकिपाका नारायणमान बिजुक्छे बाहेका सबै नेता जेल जान्छन ।

उहाँले सामाजिक रुपान्तरणको लागि लामो समयसम्म नेकपाको नेतृत्व आवश्यकता रहेको बताउँदै वर्तमान सरकारले हप्तै पिच्छे शिलान्यास, महिनै पिछे उद्घाटन गर्ने वातावरण सिर्जना गरेको बताउनुभयो । यो वर्षमात्र ३३ वटा स्कुलका भवन निर्माण भएको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पार्टी एकिकरणको काम अन्तिम चरणमा रहेको भन्दै दशैं पछि उक्त कार्य अगाडी बढ्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।