
१७ असोज २०७६ । भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकाशं मासु पसल सुधार गर्नु पर्ने र न्युनतम मापदण्ड समेत नपु¥याई संचालन गरेको पाईएको छ ।
अनुगमनमा हरिकृष्ण खड्गीको रा“गोको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र विग्रेको मासु राखी राखेको पाईएको निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाई गरी व्यवस्थित गर्न, मासु धुलो र झिंगा नभन्किने गरी जालिले छोपेर राख्न, बासी र विग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।
त्यस्तै जयकाली मिट सप पसल नविकरण नगरेको, मासु काट्ने औजार खिया लागेको, पसल फोहोर भएका, एप्रोन प्रयोग नगरेको, कुहिएको र बिग्रिएको बासी मासु बिक्रीमा राखेको पाईएपछि कुहिएको चार किलो मासु जफत गरि नष्ट गरेको छ ।
त्यसैगरि महाकाली मिट सप पसल नविकरण नगरेको, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै नराखेको, एप्रोन, हेयरनेट, माक्स र पञ्जा प्रयोग नगरेको, बधस्थलमा फोहोर र दुगन्र्धित भएको पाईएको छ ।
यता लक्ष्मी दास शाहीको रा“गोको मासु पसल दर्ता नगरेको,, मासु कपडा भिजाएर छोपेको, सडक पेटी र बाटोमा टेबुल राखेर मासु बेचविखन गरेको, भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल नराखेको पाईएको छ । यता न्यु चिकेन स्टोरमा सरसफाईमा ध्यान नदिएको र एप्रोन सेतो प्र्रयोग नगरेको, पि.एस.मिट शप पसल नविकरण नगरेको पाईएको छ ।
त्यस्तै क्वालिटि कोल्ड स्टोर मःमःको पाकेजिड्डमा उत्पादन मिति नभएको, मासुको किमा लगायतमा लेबल राखेर मात्र बेच विखन गर्न निर्देशन छ । न्यू महालक्ष्मी कोल्ड स्टोरमा पसलमा सामानहरु दाना, जेनेरेटर लगायत अन्य सामानहरु जथाभावी राखेर व्यबस्थापन नगरेको, कमलबिनायक मिट सपमा दर्ता प्रमाण पत्र पसलमा नराखेको, सामानहरु जथाभावी राख्दै, फोहोर र एप्रोन सेतो प्रयोग नगरेको पाईएको छ ।
त्यस्तै बिकास मिट एप्रोन प्रयोग नगरेको, सुरेन्द्र मिट हाउसमा मासु सफा गर्ने पानी एकदम दुषित भएको, सराज मिट सप दर्ता नविकरण नगरेको, मुलढोका ब्रोइलर हाउस दुई बर्षदेखि पसल नविकरण नगरेको, मुल्य सुचि नराखेको, निरिक्षक प्रजापतिले बताउनुभयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, पशु सेवा शाखा भक्तपुरका लालमति लामाड्ड, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, भक्तपुर उद्योग बाणिज्य संघका संजय जोन्छे, महानगरीय प्रहरी प्ररिसरका राज बहादुर ड्गौरा र भनपा कर उपशाखाका न्हुज किजूको सहभागी रहेको थियो ।