हामीसँग जोडिनुहोस

पाहुना आउँदा रातारात काठमाडौंका सडक कालोपत्रे, दशै मनाउन पनि भएन फुर्सद

Notice: Trying to get property 'ID' of non-object in /home/radiohim/public_html/wp-content/plugins/molongui-authorship/includes/class-post.php on line 572

4 मिनेट

धर्मराज भट्ट
२० असोज २०७६, काठमाडौं ।
करीब २ दशकपछि चिनीया राट्रपति सी जिनफिङ यसै महीना नेपाल आउने चर्चा छ । सी कहिले नेपाल आउँछन् भन्ने मिति पक्का भएको भने छैन, तर कुरुप देखिएका र खाल्डाखुल्डी परेका काठमाडौंका सडक लगायत केही ठाउँहरु भने अहिले मर्मत हुने मौका पाउँदैछन् । सी को भ्रमणलाई लक्षित गर्दै काठमाडौंका बिभिन्न मुख्य सडकहरु कालोपत्रे गर्ने, सडकमा बिभिन्न फ्लेक्स बोर्डहरु टाँस्ने, धुलो बढार्ने, सडकका खाल्डाखल्डिहरु पुर्ने तथा सडक पेटी रंगरोगन गर्ने काम धमाधम भईरहेको छ ।
सम्पूर्ण नेपालीहरुलाई दशैंको चटारो परिरहेका बेला नेपाल सरकारलाई भने रातारात रडकमा कालोपत्रे बिछ्उने चटारो अहीले परेको छ । नेपालीहरु दशैंमा रमाईरहेता पनि काठमाडौं सिंगार्ने कामलाई भने पूर्णवीराम दिईएको छैन । कामदारहरु पनि दशैंको रमाईलो बिर्सिएर फुलपातीको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा ब्यस्त देखिन्थे ।
सडक पूल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेक्स प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ ।
पाहुनाहरु नेपाल भ्रमणमा आउँदा काठमाडौंलाई यसैगरी सिँगारेर चिटिक्क बनाउने गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूला ठूला तस्विर राखिएका छन् ।

कुनै पनि देशको विकास त्यहाँ बसोबास गर्ने जनतामा समर्पीत हुन आवश्यक छ । अरुलाइ देखाउनका लागि गरिएको टालटुले विकास, नेपाली जनताहरु प्रति समर्पित विकास हुन सक्दैन । बिशिष्ट ब्यक्तिहरुलाई प्राथमीकता दिई हतारमा गरिने काम दगिो भने पक्कै हुँदेन । जसले गर्दा नेपाली जनतामा अराजकता बढ्न बेर लाउँदैन । यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ ।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग ले पनि आ–आफ्नो क्षेत्रको तयारीमा ब्यस्त छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमण आपसी सम्बन्ध र सद्भाव वृद्धि गर्नमै केन्द्रित हुने बताउनुभएको थियो । अन्तरराष्ट्रिय

अन्तरराष्ट्रिय पाहुनाहरु नेपाल आउँदा मात्रै जनताहरुले विकास पाउँछन्
विदेशी पाहुनाहरु नेपाल भ्रमणमा आउदा मात्रै सडकहरु चिटिक्क पर्ने, सरसफाई तथा रंगरोगन गर्ने यो नयाँ चलन भने होईन, यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि काठमाडौंको चुच्चेपाटी देखि बौद्ध सम्मको करीब ५०० मिटर सडक रातारात कालोपत्रे भएको थियो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २ वर्षदेखि लथालिङ्ग अवस्थामा छाडेको सडक रातारात कालोपत्रे हुँदा स्थानीयबासी छक्क परेका थिए ।
अहीले पनि यहि अवस्था छ । चिनीया राष्ट्रपति सी नेपाल भ्रमणमा आउने लगभग पक्का भएपछि नयाँ बानेश्वर देखि कोटेश्वर सडक, माईतिघर मण्डला सरफाई तथा रंगरोन लगायतका कामहरु धमाधम भईरहेका हुन् । सडक त झन एकै रातमा नयाँ–नयाँँ स्वरुपमा देख्ने मौका पनि काठमाडौं वासिहरुलाई पाईन थालेको छ ।
सडकमा सधैं सवारी जामले आजीत भएका सर्वसाधारण जनताहरुको मर्का कुनैपनि सरकारले बुझ्न सकेन ।
भिआईपि र भिभिआईपि पूर्ण सुरक्षाका साथ सुरक्षाकर्मीको साथमा आउँछन्, उनीहरु आउँदा पुरै सडक खाली गराईन्छ त कसरी जनताको पीडा जनप्रतिनिधीहरुले बुझ्थे र ?
यसअघि पनि केही यस्ता घटनाहरु भएका छन् जो घटनाहरु सुन्न नपाउने सयद कोही होलान्,
पाहुना आउँदा सडक कालोपत्रे गरिएका र पाहुना फर्किसकेपछि कालोपत्रे उप्कीका उदाहरणहरु पनि नेपाली जनताहरु हेर्दै र सुन्दै आएका छन् ।
कुरा काठमाडौं उपत्यका क्षेत्र को मात्रै होईन, यो रोग अहीले नेपालभरी नै संक्रमणका रुपमा देखा पर्न थालेको छ । चुनावका समयमा सडक मर्मत गर्ने तर बर्षदको समयमा त्यो सडकको अवस्था हीलाम्य हुन्छ , जुन सडक मानीसहरु हिड्नका लागि समेत लायक हुँदैन ।
अहीले पनि ग्रामीण क्षेत्रका अधिकांस सडकहरु हीलाम्य छन् । प्रत्येक बर्ष ग्राभेल गर्ने, वा सडकको स्तरोन्नती गर्ने नाउँमा करोडौं रकम खर्च हुन्छ तर सडक कालोपत्रे गर्ने जोस र बुद्धि कसैलाई आउँदैन बर्षाैँबर्ष ठेकेदारको लागि मात्रै बजेट आउँछ तर जनताले विकास माग्दा सरकारसंग बजेट अभाव हुने परिपाटी पुरानो नै हो ।
कुनै खास ब्याक्ति, कार्यक्रम वा खास दिनका लागि मात्रै विकास नभई जनता र देशमा दिगो रुपमा समर्पित विकास नेपालमा भयो भने साँच्चे पनि समृद्ध नेपाल र सुखि नेपालकिो संकल्प पुरा हुनेछ ।
तिनकुने पार्क पनि चिटिक्क
फोहरमैला र अतिक्रमणले ग्रसीत जस्तै बनेको तीनकुने पार्कले पनि बेग्लै सौन्दर्यता पाएको छ । काठमाडौँ महानगरपालिकाको संयोजनमा नितान्त नयाँ बन्दै गएको सो पार्कलाई थप स्थायित्व दिए राम्रो हुने स्थानीयको भनाई छ । अहीले पार्कको वरिपरि बिरुवा रोप्ने तथा सरसफाई गर्दै चिटिक्क पारिदैछ ।

सी भ्रमणबारे गोप्य तयारी
अत्यन्त गोप्यरुपमा चिनीया राष्ट्रपति सी भ्रमणको तीब्र तयारी भइरहेको छ । यसैबिच, सीको भ्रमणको सुरक्षा र राजकीय सवारीको अभ्यास पनि सोमबार गरिदैछ । नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सि ओर्लिएपछि उनको सवारी, गार्ड अफ अनरको अभ्यास गर्ने कार्यक्रम छ ।
सुरक्षा स्रोतका अनुसार एयरपोर्टमा सी को विशेष विमान उत्रिएपछि उनलार्ई होटल सोल्टी पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि उनको सवारी शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सी होटल सोल्टी फर्किनेछन् । बाँकी सबैसंग त्यहीँ भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सिको सवारीपूर्व तीन घण्टा सडक बन्द हुनेछ ।
राष्ट्रपति सी असोज अन्तिम साता भारतको तमिल्नाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा भोलीपल्ट काठमाडौं आउने बताइएको छ ।

कुनै पनि देशको विकास त्यहाँ बसोबास गर्ने जनतामा समर्पीत हुन आवश्यक छ । अरुलाइ देखाउनका लागि गरिएको टालटुले विकास, नेपाली जनताहरु प्रति समर्पित विकास हुन सक्दैन । बिशिष्ट ब्यक्तिहरुलाई प्राथमीकता दिई हतारमा गरिने काम दगिो भने पक्कै हुँदेन । जसले गर्दा नेपाली जनतामा अराजकता बढ्न बेर लाउँदैन । यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।