हामीसँग जोडिनुहोस

राष्ट्रपति र पूर्व राजाले पनि छुट्टाछुट्टै समयमा सर्व साधारणलाई टिका लगाउने

1 मिनेट

२१ असोज २०७६, काठमाडौं ।
सधैंका बर्षझौ यस बर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहले फरकफरक समय र स्थानमा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् । बडा दशैंको अवसरमा मंगलबार विजयादशमीमा टीका लगाउन जाने कसैलाई अनिवार्य भने कसैलाई पनि गरिएको छैन तर स्वइच्छाले जो कोही पनि जान सक्छन् ।

राष्ट्रपतिको टीका १ बजे
राष्ट्रपति भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार बिजया दशमीका दिन दिउँसो १ देखि २ बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा उपप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरु र संवैधानिक निकायका पदाधिकारीका अलावा उच्च सरकारी अधिकारीहरुलाई टीका लगाइदिने तय भएको हो । दोस्रो चरणमा दिउँसो साँढे दुई देखि साँढे तीन बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।
पूर्व राजाको टीका ४ बजे
पूर्व राजा ज्ञानेन्द्र शाहले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । उहाँले सर्वसाधारणलाई अपरान्ह चार बजे टीका लगाइदिने कार्यक्रम तय भएको छ । पूर्व राजा निकटस्थले जनाए अनुसार पूर्व राजाले बडा दशैंको अपरान्हबाट सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिने गरी समय तय भइसकेको छ । यसवर्ष पूर्व राजा कहाँ टीका लगाउने आउनेको संख्या बढ्ने समेत अनुमान गरिएको छ । बडादशैंमा टीका लगाउन आउनेलाई दृष्टिगत गरी निर्मल निवासमा अग्रिम तयारी भइसकेको छ । यसका लागि सुरक्षा र अन्य व्यवस्था पनि पूर्णरुपमा मिलाइएको छ । राजसंस्थाको अन्त भएपछि पनि पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिने गर्नुहुन्छ । विशेषगरी राजसंस्थाका पक्षधरहरु टीका लगाउन पूर्व राजा कहाँ पुग्ने गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।