सोम शर्मा (बजगाईं)
२१ असोज २०७६,भक्तपुर ।
भक्तपुरका अनाथ बालबालिकाले आज दशैंका टिका लगाएका छन् । चाँगुनारायण नगरपालिका २ मा रहेको टुहुरा बालबालिका उद्धार केन्द्रमा रहेका २६ जना अनाथ बालबालिकाले दशैंको टिका लगाएका हुन् । उनीहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र र उहाँकी धर्मपत्नी मन्दरा मिश्रले अभिभावकत्व ग्रहण गर्दै दशैंको टिका लगाइदिनुभएको हो । केन्द्रमा रहेका अनाथ बालबालिकाले अभिभावकको अभाव महशुस गर्न नपरोस् भन्ने उद्देश्यले आफु नगरपालिकाको नै अभिभावक भएकाले अनाथ बालबालिकालाई टिका लगाइदिएको नगर प्रमुख मिश्रले बताउनुभयो । टुहुरा बालबालिका उद्धार केन्द्रमा ७ बर्षदेखी २२ बर्षसम्मका अनाथ बालबालिका रहेका छन् । उनीहरु १ कक्षादेखी स्नातक तहमा अध्ययनरत रहेका छन् ।
भिडियाे
https://youtu.be/oKY05tWCv68
फाेटाे