हामीसँग जोडिनुहोस

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसइई २०७७ को नतिजा सार्वजनिक

1 मिनेट

भक्तपुर, २३ साउन ः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीले नतिजा सार्वजनिक गरेको बोर्डका परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि बोर्डले कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजनिक पछि परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो, “यसवर्ष बोर्डले कति विद्यार्थीले कति कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाािण्करण भएर आएको मूल्यांकनको नतिजालाई नै बोर्डले प्रमाणिकरण गर्ने काम गरेको छ ।”
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । कोरोना भाइरस सङ्कैमण बकढेपछि यसवर्ष पनि विद्यार्थीको भौतिक रुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नको आधारमा एसइईको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य बिभिन्न कम्पनीको ३४९४९ , ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिनेृ व्यबस्था गरेको छ ।
विद्यार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि एसइइको नतिजा थाहा पाउने व्यबस्था गरेको छ ।
नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुर्नयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडबृद्धि परीक्षा सञ्चालन सम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाईमा निवेदन दिनु पर्ने व्यवस्था गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।