हामीसँग जोडिनुहोस

साफ च्याम्पियनसिपको टुंगो सोमबार लाग्ने

1 मिनेट

काठमाडौं, २२ साउन । दक्षिण एशियाली फुटबल महासंघले गर्ने फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप कहाँ हुने भन्ने टुंगो सोमबार हुने भएको छ । साफले सोमबार आसन्न प्रतियोगिताको छिनोफानो गर्ने भएको छ । बंगलादेशमा हुने भनिएको प्रतियोगिता कोभिड र प्रायोजकको कमिका कारण गर्न नसक्ने भनिसकेको छ । यस्तैमा यो प्रतियोगिता गर्नका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेका छन । साफको आयोजनाका लागि नेपाल सरकारले एन्फालाई ५ करोड रुपैयाँ दिने सहमति जनाइसकेको छ । त्यसकालागि प्रक्रिया पनि अगाडी बढाइसकेको छ । साफ आयोजनाका लागि करिव सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साफले यसका लागि १० लाख डलर आवश्यक पर्ने बताएपनि एन्फाले सात करोड रुपैयाँ भएको खण्डमा सफल रुपमा गर्ने बताएको छ । जसका लागि आर्थिक रुपमा एन्फा सबल पक्षमा बसेको छ । एन्फाले साफको आयोजनाका लागि आफुहरु तयार रहेको भनेर पत्राचार पनि गरिसकेको छ । प्रतियोगिताको एकिन मिती सार्वजनिक नभएपनि अक्टोबर महिनामा हुने पक्का छ । यो पटकको साफमा पाँच देशको सहभागिता हुनेछ । जसमा सिंगल राउण्डरोविनमा खेलाइनेछ । साफका लागि नेपाली फुटबल टिमले तयारी सुरु गरिसकेको छ । त्यो भन्दा अगाडी नेपालले भारतसँग सेप्टेम्बर दुई र ५ मा दुई मैत्रीपुर्ण खेल खेल्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।