
काठमाडौँ,२४ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। हिजो साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उहाँको भेटवार्ता भएको हो।