हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिकाद्वारा सरसरसफाई अभियानको सुरुवात

1 मिनेट

भक्तपुर । साउन १ गते देखि अरनिको राजमार्गको राधेराधे देखि सूर्यविनायक चोक सम्मको सडकको बीचमा लगाईएको बोटबिरुवाहरुको गोडमेल तथा सरसफाई गर्ने कामको सुरुवात भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना तथा नगरपालिकाका उपप्रमुख जुना बस्नेतको अगुवाईमा सो अभियानको सुरुवात भएको हो । दुई बर्ष अगाडि माननीय महेश बस्नेतको पहलमा वातावरण बिभागबाट प्राप्त बजेटले अरनिको राजमार्गको सडकको बीचमा दुबो लगाइएको थियो तर उचित संरक्षण तथा रेखदेख नभएपछि उक्त ठाउँमा अत्यन्तै फोहोर भएको गुनासो आएपछि नगरपालिकाले आफैले सरसफाई अभियानको सुरुवात गरेको उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो । उहाँले यस सरसफाई अभियानमा सरसफाई गर्दा जहाँ बोटबिरुवा नष्ट भएका छन् दुबो मरेका छन् त्यहाँ फेरि नयाँ बोटबिरुवा र दुबो लगाउने कार्य हुने बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकामा निजी क्षेत्रमा सञ्चालित निजी बैंक, सहकारी, पार्टी प्यालेसहरुका व्यक्तिहरुसँग सहकार्य गरी अगामी दिनमा यस क्षेत्रको सरसफाई हेरचाह व्यवस्थित रुपमा अगाडि लैजाने कुराको जानकारी दिनुभयो । यस सरसफाई अभियानमा उखालिएका झारपात, फोहोर व्यवस्थापनको जिम्मा नेप्सेम्याकले लिएको नेप्सेम्याकका प्रबन्धक एवं संचालक बाबुराम चौलागाईले बताउनुभयो । उहाँले नेप्सेम्याक आफैले पनि राधेराधे हनुमान्तेपुल देखि नयाँ ठिमी सम्मको सडकको बीचका झारपात, गोडमेल र फोहोर व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।