हामीसँग जोडिनुहोस

सानको कर्णाली तथा सुदूरपश्चिम प्रदेश कमिटी गठन, कल्पना र निरज संयोजकमा निर्विरोध चयन

2 मिनेट

काठमाडौं, २४ साउन । सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (सान) को कर्णाली प्रदेश संयोजकमा कल्पना विष्ट निर्बिरोध चयन हुनु भएको छ । सानका केन्द्रीय अध्यक्ष तथा क्लासिक सर्जिकलका सञ्चालक रमण कायस्थको प्रमुख आतिथ्यतामा शनिवार सर्जिकल व्यवसायीहरुको सुर्खेतमा सम्पन्न भेलाले सरोवर ट्रेड कन्सर्नका सञ्चालक विष्टको संयोजकत्वमा कर्णाली प्रदेश कमिटी गठन गरिएको हो । सानका केन्द्रीय सदस्य देवेन्द्र खनालको समेत सहभागितामा भएको भेलाले गठन गरेको कमिटीको आगामी बैठकले कमिटीलाई पूर्णता दिने भएको सानका केन्द्रीय अध्यक्ष कायस्थले जानकारी दिनुभयो ।

त्यसैगरी सानको शुक्रबार धनगढीमा सम्पन्न भेलाले सुदूरपश्चिम प्रदेशको संयोजकमा निरज थापा चयन हुनु भएको छ । सानका केन्द्रीय अध्यक्ष कायस्थको प्रमुख अथिति तथा सदस्य खनालको विशेष आतिथ्यतामा भएको भेलाले थापालाई संयोजक चयन गरेको हो । सानको सुदूरपश्चिम ७ कमिटीको बैठकले कमिटीलाई पूर्णता दिने भएको छ ।

कार्यक्रममा अध्यक्ष कायस्थले सानको देशब्यापी संगठन बिस्तार गरिने क्रम जारी रहेको बताउदै सर्जिकल व्यबसाय गर्ने व्यवसायीको हकहितका लागि खुलेको यो संगठनले निकट भबिश्यमै जनकपुरमा २ नं. प्रदेश कमिटी गठन गरिने बताउनुभयो ।

व्यवसायीहरुको हकहितका लागि अग्रज संस्थाहरुलाई सम्मान गर्दै अरु संस्थाहरुसंग पनि हातेमालो गर्दै अगाडि बढ्ने उहाँको भनाई थियो । उहाँले बजारमा देखिएका व्यवसायीहरुको सानादेखि ठूला समस्याहरु सम्बोधन गर्दै सर्जिकल बाहेक एनसिडिए, पिडिएन र अन्य संस्थाहरुसंग पनि हातेमालो गर्दै सान अगाडि बढ्ने बताउनुभयो ।

अध्यक्ष कायस्थले सर्जिकल व्यवसायलाई मर्यादित, व्यवसायिक, व्यबस्थित बनाउनु पर्ने आवश्यकता व्यबसायी माझ रहेको बताउदै अस्वस्थ्य बजारलाई नैतिक र जिम्मेवार बनाउनु पर्ने बताउनुभयो । देश विकासका लागि योगदान दिर्दै आएको सर्जिकल व्यवसायमा देशभर २० औ हजारलाई रोजगारी दिदै प्रतक्ष्य, अप्रतक्ष्य रुपमा अतुलनिय योगदान दिदै आएको अध्यक्ष कायस्थले चर्चा गर्नुभयो ।

अग्रजलाई सम्मान, युवालाई माया र उचित समावेश भन्ने मूल नारा अबलम्बन गर्दै सानले कसैलाई भेदभाव नगर्ने, समानताको आधारमा व्यबहार गर्ने नीति लिएको उहाँको भनाई थियो । खुद्रा पसलबाट सामान फिर्ता, म्याद सकिएको सामानको व्यबस्थापान कसरी गर्न सकिन्छ भन्नेमा सचेत हुनुपर्नेमा जोड दिदै उहाँले व्यवसायको हकहितका लागि सबै व्यवसायी एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।