
कांग्रेस केन्द्रीय समिति बैठक साउन २६ गते बस्दै
काठमाडौं, २४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ गते बस्ने भएको छ । यसअघि, साउन २८ गते बस्ने तय गरिएको बैठक २६ गतेका लागि बोलाइएको हो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता तथा महामन्त्रीसँगको समन्वयमा बैठक २६ गते बस्ने गरी बोलाएको बताइएको छ । बैठकमा पार्टीको महाधिवेशनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।