
काठमाडौँ, २५ साउन ।
सरकारले गत शनिबारबाट सुरु गरेको नेपाल मास्क अभियान जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको हो ।
सुन्धारामा रहेको धरहरामा म जिम्मवार नागरिक लेखेर बत्ती बाल्दै अभियानको थालनी गरिएको छ । कोरोनाको जोखिम थप बढिरहेको भन्दै सरकारले सचेतनामुलक मास्क अभियान थालेको हो । मास्क अभियान साउन २३ गतेदेखि २९ गतेसम्म जारी रहनेछ ।