हामीसँग जोडिनुहोस

उयत्यकामा निषेधाज्ञा थप, राति ८ बजेपछि गाडी चलाउन प्रतिबन्ध

1 मिनेट

काठमाडौं, २६ साउन । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ। बिहीबारबाट लागू हुने गरी थपिएको निषेधाज्ञामा राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने भएको छ। आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाउनुभएको छ । कोरोना संक्रमणदर नघटेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको उहाँको भनाइ छ। २८ साउनदेखि लागू हुने गरी ८ भदौसम्म निषेधाज्ञा थपिएको हो। यो अवधिमा यातायातका साधन सञ्चालनमा भने केही कडाइ गरिएको छ। यसअघि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा कुनै रोक लगाइएको थिएन। कोरोना बढ्न थालेपछि काठमाडौंमा उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लागू गरिएको हो। फेरि कोरोना संक्रमण बढ्न थालेपछि निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।