हामीसँग जोडिनुहोस

गठबन्धन सरकारले एक महिनासम्म केही नगरेकोमा एमाले अध्यक्ष केपी ओलीद्धारा बधाई

1 मिनेट

काठमाडौं, २६ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई एक महिनासम्म केही नगरेकोमा बधाई दिनुभएको छ । प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा उहाँले एक महिनाको समय सरकारले खेर फालेको र अब १५ महिनाको समय बधाई तथा शुभकामना खाएर र विपक्षीलाई गाली गरेर बित्ने बताए। ओलीले आफू फेरि पनि सरकारको नेतृत्वमा पुग्ने दाबी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री बन्न जन्मेको नभई काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताउनुभयो । नेपाली जनतालाई संवृद्ध बनाउने उद्देश्य लिएर हिँडेको मान्छेलाई सानातिना गालीले फरक नपार्ने बताउनुभयो । उहाँले सम्वृद्ध नेपाल सुखी नेपालीको भावनाअनुसार गठबन्धन गरेको र पवित्र उद्देश्यका साथ पार्टी एकता गरेको बताउनुभयो । प्रतिपक्षीसँग सम्मानजनक व्यवाहार गरेकोे बताउदै ओलीले असंवैधानिक, अलोकतान्त्रिक, अपवित्र गठबन्धन बनाएर आफूलाई हटाइएको आरोप लगाउनुभयो । ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षप्रति पनि कटाक्ष गर्नुभएको छ । ओलीले आफ्ना दलका केही नेताहरु पछि लागेर हिँडेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बनाइदिन आग्रह समेत गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।