
काठमाडौं, २८ साउन ।
आज नेपाली बजारमा सुनको मु्ल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। हिजो प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज बढेर प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ। नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रहेको जनाइएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेर आज प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।