
काठमाडौं, २८ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रममा अमेरिकी सहयोग सम्झौता एमसीसी समावेश नगरिनुमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असुन्तुष्टि नै मुख्य कारण भएको व्यक्त गर्नुभएको छ । आफूपक्षीय पदाधिकारी तथा पूर्व पदाधिकारीको भेलामा नेताहरुले एमसीसी साझा कार्यक्रममा किन नराखिएको प्रश्न आए पछि उहाँले जवाफमा यस्तो बताउनुभएको हो ।