
काठमाडौं, २८ साउन ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । हाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको हो । जन्मजयन्तीका अवसरमा उहाँको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयनका विषयमा संविधानविद् एवं कानुनका जानकारबीच आज बेलुकी ‘जुम प्रविधि’का माध्यमबाट छलफल आयोजना गर्न लागिएको सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले जानकारी दिनुभयो । एजेन्सि ।