
काठमाडौं, २८ साउन ।
राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभयो । आज राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले यस्तो बताउनुभएको हो ।