
काठमाडौँ, २९ साउन ।
आज देश भर बर्षाको सम्भावना रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू(भाग नजिक रहेको जनाइएको छ । आज देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै शुक्रबार राति देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। एजेन्सि ।