
काठमाडौँ, २९ श्रावण ।
आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैँयाले वृद्धि भएको छ । आज छापावाल सुन बढेर प्रतितोला ८९ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ५० रुपैँयामा कायम भएको छ । यता चाँदीको मूल्य भने आज प्रतितोलामा ५ रुपैयाले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैँयामा कारोबार भइरहेको जनाइएको छ । एजेन्सि ।