
काठमाडौँ, २९ श्रावण ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार १ सय २० जना सक्रिय कोरोना संक्रमित पहिचान भएकोे जनाइएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४२ हजार २ सय ९५ जना संक्रमण मुक्त भएको जनाइएको छ । थप कोरोनाबाट ५ सय ८५ जना संक्रमितको मृत्यु भएका सञ्चार माध्यमले जनाइएको छ ।भारतमा हालसम्म ३ करोड २१ लाख १७ हजार ८ सय २६ जनामा संक्रमण देखिँदा ४ लाख ३० हजार २ सय ५४ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा उल्लेख छ ।