
काठमाडौँ, १० भदौ ।
भारतमा पछिल्लो २४ घन्टामा थप ४६ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २५ लाख ५८ हजार ५ सय ३० पुगेको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ६ सय ७ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३ सय ६५ पुगेको छ । यही अवधिमा ३४ हजार १ सय ५९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ३३ हजार ७ सय २५ रहेको छ । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० करोड ३८ लाख ४६ हजार ४ सय ७५ डोज भ्याक्सिन लगाइसकिएको छ । एजेन्सि ।