
काठमाडौँ,१० भदौ ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएको जनाइएको छ । आयोगले हिजो राति दुवै दल दर्ता भएको प्रमाणपत्र सम्बन्धित दलका पदाधिकारीलाई प्रदान गरेसँगै ती दलले औपचारिक मान्यता पाएको जनाइएको छ ।
सरकारले दल विभाजनलाई खुकुलो हुने गरी अध्यादेश ल्याएपछि नेकपा एमालेबाट अलग भई सो पार्टीका वरिष्ठ नेता माधव नेपालसहित ५५ जना केन्द्रीय सदस्यले नेकपा एकीकृत दल दर्ताका लागि हिजो आयोगमा निवदेन दिएको जनाइएको छ । एजेन्सि ।