
काठमाडौँ,१० भदौ ।
आज नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको जनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको जनाइएको छ । १० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै र्फकेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्ने जनाइएको छ । यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ । एजेन्सि ।