
काठमाडौँ, १० भदौ ।
प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै उहाँले कार्यालयमा गएर पदभार ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।