हामीसँग जोडिनुहोस

गिरीराज थापाको हत्या गरेको अभियोगमा खोटाङबाट दुईजना पक्राउ

1 मिनेट

काठमाडौँ,१० भदौ ।
हत्या गरेको अभियोगमा खोटाङबाट दुईजना पक्राउ परेका छन्। । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा दुईजनालाई हिजो राति प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । गिरीराज हिजो दिउँसो घरबाट निस्की हिँडेकोमा अबेरसम्म घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जनाइएको छ । प्रहरी टोलीले अनुसन्धान गर्दा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएपछि घटनामा संलग्नलाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । एजेन्सि

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।