
काठमाडौँ,१० भदौ ।
नेकपा एमालेले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको जनाइएको छ । पार्टीका नेता माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेसँगै एमालेले मुद्दा दायर गर्ने तयारी गरेको जनाइएको छ । आज बस्दै गरेको एमालेको केन्द्रीय कमिटीको बैठकमा यो विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको जनाइएको छ । एजेन्सि ।