हामीसँग जोडिनुहोस

कांग्रेस महाधिवेशन प्रक्रिया भदौ १८ बाट शुरू हुँदै, भोट माग्न जाँदा मास्क अनिवार्य लगाउन पर्ने

1 मिनेट

काठमाडौँ, १६ भदौ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरू हुने बताउनुभएको छ । देशभर एकसाथ वडाहरूको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको शृंखला प्रारम्भ हुने बताउनुभएको हो । उहाँले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आबद्ध पदाधिकारीहरूले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपिल गर्नुभएको छ । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उहाँले अनुरोध गर्नुभयो । १८ गतेबाट महाधिवेशन शुरू गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उहाँको भनाइ छ । कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकूलता बमोजिम सार्न सक्ने बताउनुभयो । यी समस्या बाहेकका जिल्लाहरूमा भने भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरू गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।