
काठमाडौँ, १६ भदौ ।
नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । २० जनाको मृत्यु भएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा १ हजार ६ सय ४८ र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षणमा ४ सय ४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४ सय ७१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएको जनाइएको छ ।