
काठमाडौं, १७ भदौ ।
सरकारले राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढुवा समितिले गरेको तीन जनाको नामबाट श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिनुभयो ।
यस्तै बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।सरकारले कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई परराष्ट्रतर्फको सहसचिवमा बढुवा गरेको छ । साउनदेखि वृद्ध भत्ता ३३ प्रतिशत बढाउने बजेट भाषणमा गरिएको घोषणा कार्यान्वयन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।