
काठमाडौं, २१ भदौ ।
नेकपा (एमाले)ले फुट र विभाजनको विपक्षमा उभिन देशैभरका आफ्ना जनप्रतिनिधिहरुलाई अपिल गरेको छ। महासचिव ईश्वर पोखरेलले एक प्रेस वक्तव्य जारी गर्दै देशैभरका एमालेका जनप्रतिनिधिहरुलाई अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन अपिल गर्नुभएको हो ।
एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिएको छ।