हामीसँग जोडिनुहोस

बागमती प्रदेशको ४ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन हुँदै

1 मिनेट

काठमाडौँ, २१ भदौ ।
बागमती प्रदेशको ४ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ । प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवनमा काँग्रेसले वडा अधिवेशन गर्न लागेको हो । ६ वटा स्थानीय तह रहेको ललितपुरमा काँग्रेसको वडा अधिवेशनको रौनक छाएको नेता रामकृष्ण चित्रकारले बताउनुभयो । ६ वटा स्थानीय तहका ७१ वटै वडा एकैसाथ सुरु भएको कांग्रेसको वडा अधिवेशनले कार्यकर्ताहरूमा उत्साह थपेको उहाँले बताउनुभयो । ५र५ हजार पुराना र नयाँ गरी कुल १० हजार क्रियाशिल सदस्य रहेको ललितपुरका सबै वडाहरूमा सर्वसम्मत रुपमा सहमती गरेर नेतृत्व चयन गर्ने प्रयास भइरहेको उहाँको भनाई छ । आजको अधिवेशनबाट प्रति वडा न्युनतम १६ र अधिकतम ३६ जना प्रतिनिधिलाई नेतृत्वमा चयन गर्ने उहाँले बताउनुभयो । नुवाकोटको सबै स्थानीय तहको वडाहरूमा अधिवेशनको लागि मतदान अधिकृत खटाइसकेको छ । जिल्लाका १२ वटा स्थानीय तहका ८८ वटा स्थानीय तहमा आज बिहानैदेखि अधिवेशनको रौनक छाएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।