काठमाडौँ,२१ भदौ ।
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बाढीले लघु जलविद्युत परियोजनाको पावरहाउस विद्युतगृह बगाएको जनाइएको छ । हिजोराति परेको ठूलो वर्षासँगै दरखोलामा आएको बाढीले लघु जविद्युतको पावरहाउस बगाएको हो । वर्षासँगै खोला उर्लिएर आएको बाढीले ४२ किलोवाट क्षमताको दोस्रो दरखोला लघु जलविद्युत परियोजनाको विद्युत गृह, बाँध र नहर बगाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले दरखोलामा आएको बाढीले कटान गर्दा परियोजनाको संरचनाहरु बगाएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले क्षतिको विवरण सङ्कलन गर्नका लागि प्रहरी घटनास्थल पुगेर अध्ययन गरेपछि मात्रै क्षतिको विवरण आउने जानकारी दिनुभयो ।