
काठमाडौँ, २१ भदौ ।
भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९ सय ४८ कोराना भाइरस संक्रमित थपिएका छन्। यस्तै, ४३ हजार ९ सय ३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार ८ सय ७४ पुगेको छ।संक्रमणका कारण थप २ सय १९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख ४० हजार ७ सय ४२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी ।